समाचार

वान डे पेन्टिङ : अन्तर्राष्ट्रिय स्तरमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै



काठमाडौँ, ७ जेठ । दुई वर्षदेखि नेपालको काठमाडौंमा मुख्य कार्यालय स्थापना गरी व्यवसायीक रुपमा आर्ट एण्ड डेकोर सम्बन्धि सेवा प्रदान गर्दै आएको संस्था वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गरेको छ ।

काठमाडौं, चितवन, पोखरा, धरान, विर्तामोड, लुम्बिनी, मनाङ, जिरीलगायत देशका मुख्य शहरहरुमा आर्ट र पेन्टिङको सेवा दिइसकेको यस कम्पनीले आफ्नो सेवालाई कतारसम्म विस्तार गरेको हो ।

झण्डै एक वर्ष अघि थाइल्याण्डमा आर्ट गरेको वान डेले कतारमा भने शाखा कार्यालय नै स्थापना गरी सेवा प्रदान गर्ने भएको हो । कतारस्थित ग्रिन ग्रास ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीसँगको सहकार्यमा शाखा कार्यालय विस्तार गरी सेवा सुरु गरिएको वान डेकाका अध्यक्ष एवम् सिनियर कलाकार ओमबहादुर दर्लानले बताए ।

वान डे पेन्टिड आर्ट एण्ड डेकोर प्रा लि कम्पनीका प्रवन्ध र्निदेशक सुन्दर विष्टले बिदेशमा पनि आफ्नो सेबा बिस्तार गर्न पाउँदा खुसी लागेको अनुभव सुनाए । यतिबेला कतारमा नै रहेका उनले दोहामा सञ्चालनमा आउन लागेको पहिलो नेपाली दोहोरी साँझ ‘एशियन दोहोरी साँझ’ मा मौलिक कलात्मक वाल आर्टको काम भइरहेको बताए ।

नेपालमा नै पहिलो पटक व्यवसायीक रूपमा आर्टको काम सुरु गरेको बताउँदै प्रवन्ध र्निदेशक विष्टले भने–‘पछिल्लो समय बढ्दै गएको चित्रकारिताप्रतिको क्रेजलाई अझै बढाउन हामी क्रियाशिल छौं । स्वदेशमा मात्र होइन हामीले विदेशमा पनि सेवा प्रदान गर्दै आइरहेका छौं । सानो कामलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएका कारण हामी छोटो समयमा नै अन्तर्राष्ट्रिय स्तरमा समेत पुग्न सफल भएका छौं ।’

नेपालको नेपालको कला, संस्कृति एवम् पर्यटकीय स्थलहरु झल्काउनका लागि दोहोरी साँझमा थ्रीडी आर्ट गर्न लागिएको एशियनका सञ्चालक प्रविन गुरुङले बताए । उनले भने–‘हामी व्यपार व्यवायको सिलशिलामा यहाँ९कतारमा० छौं तर, हामीले आफ्नो जन्मभूमीलाई कहिल्यै पनि भुलेका छैनौं र भुल्दैनौं पनि । त्यसले देशको झल्को मेटाउने गरी वान डेलाई ल्याएर आर्टको काम गराएका हौं । जसले नेपाली मात्र नभई विदेशी पर्यटक समेत लोभिने विश्वास लिएको छु ।’

गत भदौमा वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले थाइल्याण्डस्थित नेपाली दूतावासको कार्यालयमा नेपालको कला, संस्कृति एवम् पर्यटकीय स्थलहरु झल्काउने आर्ट गरेको थियो ।

त्यतिबेला थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले गरेको काम एकदमै सह्राहनीय रहेको बताउँदै यसले प्रत्यक्ष रुपमा नेपालको कला, संस्कृतीलाई जोगाउन र पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउन एकदमै महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

स्थानीय स्तरमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा विस्तार गरेसँगै नेपाली कला, संस्कृती र पर्यटकीय स्थलहरुको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणका लागि विशेष टेवा पुग्ने कम्पनीका बजार प्रबन्धक शेखर आचार्यले बताए । कम्पनीले आर्ट एण्ड डेकोरको काम रसिया र इटालीमा आयातित रङबाट गर्दै आएको छ ।

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्षलाई लक्षित गरी वान डे ले देश तथा विदेशमा काम गरिरहेको छ । वान डेले नेपालको पहिचान विश्वसामु पु¥याउने लक्ष्यका साथ नेपालको कला तथा संस्कृतिको जगेर्ना गर्दै अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय स्थलहरुको बजारीकरण गरिरहेको छ ।