काठमाडौँ, ७ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने तयार रहेको बताएका छन ।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै निर्देशक घिसिङले सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले लगाएको आरोप प्रमाणित भए आफू जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका हुन् ।
सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू कारवाही भोग्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘मैले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु, (छानबिन) सम्बन्धित निकायले गर्ला’ कुलमानले भने ‘अनावश्यक चार्ज नगर्नुहोला । सांसद भएँँ भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ ।’
निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत समेत गराएका छन ।










प्रतिक्रिया दिनुहोस्