जनकुपर, ९ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारका कारण कर्मचारीको चरम अभाव झेल्नुपरेको बताउँदै छिटो कानून बनाएर आफैं कर्मचारी भर्ना गर्ने भन्दै ‘हाम्रो शासन, हाम्रो प्रशासन’ सहित गरीव र सक्षम युवाले रोजगारी पाउने बताउनुभएको छ ।
प्रदेशको निजामती सेवा गठन, सञ्चालनको शर्तसम्बन्धी विधेयकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले उक्त विधेयक छिटो पारित गर्नुपर्नेमा जोड दिनुभयो, उहाँले भन्नुभयो, ‘यो विधेयकलाई छिटोभन्दा छिटो पास गरौं, यसो गर्न सकिए हामी आफ्नै कर्मचारी भर्ना गर्न पाउँछौं । अहिलेका सचिवहरु कतिखेर आउँछन् र जान्छन् थाहा नै हुँदैन, हामी त्यो कुरा जोड्ले बोल्न पनि पाइरहेका छैनौं ।’
उहाँले यो विधेयक स्वीकृत भएपछि केन्द्र सरकारले आफ्नो कर्मचारी फिर्ता लगे पनि कुनै समस्या नहुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विधेयक पारित भएपछि कुन सचिव आइरहेका छन् भनेर काठमाडौंतिर फर्केर हेर्ने दिनको अन्त्य हुन्छ’ उनले भने, ‘यसपछि हाम्रो शासन, हाम्रो प्रशासन हुन्छ । गरीव र सक्षम युवाले रोजगारी पाउँछन् ।’










प्रतिक्रिया दिनुहोस्