अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ जेठ ।  आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।