काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफै बन्द हुने स्थिती आउने बताउनुभएको छ ।
बिहीबारबाट काठमाडौँमा सुरु भएको हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताउँदै सरकारी विद्यालयको स्तरमाथि उठाएपछि निजी क्षेत्रमा पढाउन कसैले पनि नलैजाने बताउनुयो ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीको भन्नुभयो, ‘प्रतिस्पर्धाको जवाना छ । मैले निजी क्षेत्रलाई भनेको छु–निजी क्षेत्रलाई खतरामा पारिनेछ । सामुदायिक शिक्षालयहरुको स्तर यसरी माथि उठाईन्छ, निजी क्षेत्रको विद्यालयमा पैसा बुझाउन कोही आउँदैनन्, जब सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय र निःशुल्क हुन्छ, तब निजी क्षेत्रको विद्यालय आफै बन्द हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्