काठमाडौँ, १० जेठ । काठमाडौँमा एक युवकको शव फेला परेको छ ।
शुक्रबार बिहान टोखा नगरपालिका–२ दुबो गाउँमा अन्दाजी २४–२५ वर्षको युवको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
शवको पहिचान भने खुलेको छैन । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्