समाचार

कटुवा पेस्तोलसहित एक जना पक्राउ



कपिलवस्तु, १० जेठ । कपिलवस्तुमा प्रहरीले नलकटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले बिहीबार राति कपिलवस्तु नगरपालिका–८, दोहनी बस्ने २८ वर्षीय राधेश्याम कोहारलाई नलकटुवा पेस्तोल १ थानसहित पक्राउ गरेको हाे ।

कोहारलाई चेकजाँच गर्दा १२ बोर नलकटुवा पेस्तोल बरामद भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । पक्राउ परेका कोहारलाई हतियार ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।