समाचार

आगलागीबाट ७ घर जलेर नष्ट



अछाम, ११ जेठ ।  अछामको ढकारी गाउँपालिका वडा नम्बर  ४ बलातामा ७ घर जलेर नष्ट भएका छन् ।

शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी  बालिएको आगो हावाले उडाएको आगोले घर जलेर नष्ट भएको वडाध्यक्ष भक्तबहादुर बुढाले बताएका छन  ।

स्थानीय पदम बुढाका अनुसार वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको बताए ।

अहिले स्थानीय र प्रहरीले उद्वारको काम गरिरहेका छन । घरमा आगलागी भएपछि  बाँधिएका  बाख्रा र गाई पनि जलेर मरेका छन ।  घटनाको एकिन विवरण आउन बाँकी छ ।