समाचार

खुकुरी प्रहारबाट एक युवा घाइते



धादिङ, ११ जेठ । धादिङको नीलकण्ठ नगरपालिका—३ पुछारबजारमा एक युवा खुकुरी प्रहारबाट घाइते भएका छन्।

नीलकण्ठ नगरपालिका-१४ का चन्द्र गुरुङले खुकुरी प्रहार गर्दा सोही नगरपालिका—१३ का प्रकाश तिमिल्सेना घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका गुरुङले बीच सडकमै खुकुरी लिएर तिमिल्सेनालाई लखेट्न थालेपछि उनले भागीभागी छक्याउँदै ज्यान जोगाउन सफल भएका जनाएको छ ।

तिमिल्सेनालाई जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ । बजारबासी त्रसित भएको बताइएको छ ।