भक्तपुर, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला कमिटीले १४५ सदस्यीय कमिटी चयन गर्दै पूर्णता पाएको छ ।
शनिवार जिल्ला कमिटीले आयोजना गरेको सपथ ग्रहण सम्पन्न भएको छ । तत्कालिन एमालेबाट ८२ जना र तत्कालिन माओवादी केन्द्रबाट ६३ जना जिल्ला कमिटीमा चयन हुनुभएको छ ।
चयन हुनुभएका सम्पूर्ण जिल्ला कमिटीका सदस्यहरुलाई नेकपा प्रदेश नं. ३ को इन्चार्ज तथा स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यले सपथ ग्रहण गराउनुभएको थियो ।
जिल्ला कमिटी अध्यक्ष बचन देउजाको अध्यक्षतामा भएको कार्यक्रममा इन्चार्ज शाक्य, केन्द्रीय सदस्य महेश बस्नेत, दिलिप प्रजापति, शोम मिश्र, देवी ज्ञवाली, नारायण प्रसदा दाहाल, आनन्द पोखरेल लगायतले नयाँ जिल्ला कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।















प्रतिक्रिया दिनुहोस्