सम्पादकीय

भारतमा उच्च भेटघाट गर्दै गृमहन्त्री



काठमाडौं, ३० फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाने भएका छन् ।

इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।

भारतमा निधिले धारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्ने छ ।

निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्नुहुने उनका प्रस संयोजक रामजी दाहालले जानकारी दिए ।  नेपाल समाचारपत्रमा समाचार छ ।