समाचार

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या



दैलेख, १२ जेठ । दैलेखमा धारिलो हतियार प्रयोग शनिबार राति युवकको हत्या गरिएको छ ।

रवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । शनिबार राति ११ बजे महाबु गाउँपालिका-५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

हत्या कसले र किन गर्यो भन्नेबारे खुल्न सकेको छैन । सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।