सप्तरी, १२ जेठ । भारतले एकतर्फी रुपमा कोशी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका– १३ स्थित गोबरगाढा डुबानमा परेको हो ।
पूर्वसूचना नदिई भारतीय पक्षले पाइलट च्यानलमार्फत कोशीको पानी छाड्दा सप्तरीको गोबरगाढा गाउँ डुबानमा परेको छ । भारतीय पक्षले कोशी नदीमा बनाएको प्यालट च्यानलमा एक्कासी पानी छोड्दा गोबरगाढा गाउँका ९० परिवार सम्पर्कविहीन भएका छन् ।
बस्तीको पश्चिमतर्फबाट करिब १७ किलोमिटर लामो पाइलट च्यानल खनिएको थियो । बस्ती डुवानमा परे पनि स्थानीय सुरक्षित रहेको नगरपालिकाले जनाएको छ ।









