काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारलाई सर्वोच्च अदालतले विगतमा दिएको फैसला र पीडित पक्षको सुझावलाई ध्यानमा राखेर द्वन्द्वकालीन न्याय सम्पादन गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
द्वन्द्वपीडित साझा चौंतारीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले द्वन्द्वपीडितहरुको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह गर्नुभयो । उहाँँले राष्ट्रिय सहमतिका साथ संक्रमणकालीन न्यायको कामा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
वरिष्ठ नेता खनालले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट सिफारिस समितिलाई सरकारको प्रभावमा नपरी दुवै समितिको पदाधिकारी सिफारिस गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।a










प्रतिक्रिया दिनुहोस्