काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले काठमाडौँ उपत्यकामा आज भएको आंककारी गतिविधिको कडा कारवाहीको माग गर्नुभएको छ ।
आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उहाँले बंम आतंक मच्चाई आम नागरिकलाई त्रसित मात्र नभई ४ जनाको मृत्यु तथा आधा दर्जनभन्दा बढी घाइते हुने गरीएको श्रृङ्खलाबद्ध बम बम विस्फोटको कडा रुपमा निन्दा गर्नुभएको छ ।
उहाँलेको स्ट्याटस जस्ताको तस्तै : ‘ निर्दोश जनताको ज्यान लिने गरी भइरहेका बिस्फोटनका घट्नाहरु र आम जनतालाइ त्रसित गर्ने दुरासयले प्रेरीत सबै आतंककारी गतिबिधिको जति निन्दा गरे पनि कम हुन्छ । अतंककारी गतिबिधिमा जुनसुकै ब्यक्ति, संगठन वा समुहको संलग्नता भएपनि कानुनको दायरामा ल्याइ कडा भन्दा कडा कार्बाहिको माग गर्दै मृत्यु हुने सम्पूर्ण निर्दोष जनहरुमा हार्दिक श्रद्धाञ्जली । मृतकका परिवारजनमा समवेदना ।। आतंकवादी गतिवधि जसले लिए पनि गलत छ । सबैखाले आतंककारी गतिबिधि – मुर्दावाद !!!’
काठमाडौँ उपत्यकामा ठाउँ ठाउँमा भएको बम विस्फोटको आम नेपाली नागरिकले कडा रुपमा आलोचना गरेको छन् । मानिसको मानसिक, शारीरिक, भौतिक तथा मानसिक रुपमा दिइएको दुःखलाई सर्वत्र आालेचना गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्