अर्थ

सुनको मूल्य घट्यो



काठमाडौँ, १३ जेठ । आज सुनको मुल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सोमबार सुन तोलामा १ सयले घटेर छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै,  आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।