समाचार

तातोपानी नाका खुल्यो : चहलपहल बढ्दै



सिन्धुपाल्चोक, १४ जेठ । ०७२ सालको विनाशकारी भूकम्पका कारण बन्द रहेको तिब्बत जोड्ने तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएसँगै यहाँ चलहपहल बढ्न थालेको छ ।

आज बिहानै ४ वटा रित्ता कन्टेनर ऊन आयात गर्नका लागि तातोपानी नाका हुँदै खासा पठाइएको छ । ती कन्टेनर भोलि बुधबार काठमाडौँ आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी तयारी हालतमा राखिएको थियो भने आज बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश पाएका हुन् ।

भूकम्पअघि व्यस्त रहने यो नाका विगत ४ वर्ष सुनसानजस्तै रह्यो । विगतमा यो नाका हुँदै सामान बोक्ने कन्टेनर र अन्य सवारी साधन गरी दैनिक १५ सय हाराहारी सवारीसाधन आवतजावत गर्थे ।