रोचक

दुनियाँकै महँगो कफी, जहाँ मानिसहरु कफी पिउन मरिहत्ते गर्दछन्



एजेन्सी । अमेरिकामा रहेको एउटा क्याफेमा दुनियाँकै सबैभन्दा महँगो कफी पाइन्छ । जहाँ कफीको मूल्य प्रतिकप ७५ डलर पर्दछ ।

क्लेच क्याफे नाम रहेको उक्त क्याफेमा महँगो हुँदाहुँदै पनि मानिसहरु सो क्याफेमा गएर कफी पिउन मरिहत्ते गर्दछन् । त्यो महँगो कफीको नाम नेचुरल गिशा ८०३ हो ।

लिलामीका क्रममा एक पाउण्ड कफी ८ सय ३ डलरमा बिक्री भएको थियो । त्यहीँ बेलादेखि नै सो कफीको नाम नेचुरल गिशा ८०३ रहन गयो ।यो कफीको वास्तविक नामचाहिँ पनामा कफी हो । यो कफी निकै उत्कृष्ट जातको कफी हो । विश्वको कफी प्रतियोगितामा पनि यो कफी सर्वोत्कृष्ट ठहरिसकेको छ ।

वास्तवमा यसअघि यो कफीको केवल ४५ किलोमात्र बिउ बिक्री हुन्थ्यो र अधिकतम कफी जापान, चीन ता ताइवानमा निर्यात हुन्थ्यो । तर अहिले अमेरिकाको क्लच क्याफेले यसलाई बहुमूल्य तथा लोकप्रिय मात्र होइन विश्वकै सबैभन्दा महंगो बनाइदिएको छ ।