समाचार

रकम लुट्दै गर्दा एक जना पक्राउ



काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित पैदलयात्रीको साथबाट नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गरेको अवस्थामा एक युवा पक्राउ परेका छन् ।

सोमबार दिउँसो महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियारलाई पक्राउ गरेको हो ।

परियारलाई नगद लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उक्त सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।