कैलाली, १४ जेठ । कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् ।
टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने उक्त जग्गा भारतीय नागरिकलाई केहीले लिज र केहीले आधा उब्जनी दिने सर्तमा ३५ वर्ष पहिले दिएका हुन् । पर्ती जग्गा भए पनि साविकको धनसिंहपुर गाविसका करीब ५० जना व्यक्तिले आफ्नो जग्गा भएको दाबी गर्दै आएका छन् । उनीहरुले २०२६ सालबाट भोगचलन गरेको जग्गा सुरक्षाका कारण भारतीय नागरिकलाई लिज र आधा उब्जनी पाउने सर्तमा दिएका हुन् ।
यतिखेर त्यहाँ दुई वटा भारतीय बस्ती बसेका छन् । त्यो क्षेत्र जङ्गल क्षेत्र हो । अहिले त्यहाँ वन नभएर बस्ती मात्र छ । वन फाँडेर धनसिंहपुर बस्ती बसेको हो । स्थानीय तह समायोजनपछि अहिले टीकापुर नगरपालिकाभित्र पर्दछ ।
स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि एक वर्षअघि नेपाली भूमिमा बसेको भारतीय बस्तीलाई खाली गराउन टीकापुर नगरपालिका–९ ले सार्वजनिक सूचना जारी ग¥यो तर खाली गर्न सकेन । स्थानीय तहले सक्रियता नदेखाउँदा भारतीय पक्षको मनोबल बढेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।










प्रतिक्रिया दिनुहोस्