समाचार

बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु



स्याङजा, १४ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर-१ मा यात्रुबहाक बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

पोखराबाट बुटवलका लागि छुटेको ना ४ ख २३२२ नम्बरको बसको ठक्करबाट पुतलीबजार-१३ लाम्पाटाका ७३ वर्षीय मन बहादुर दमैको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका दमैको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालक फेदिखोला ३ का ५८ बर्षिय चन्द्र बहादुर रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।