काठमाडौँ, १४ जेठ । अष्ट्रेलियाले नेपाल आउने आफ्ना नागरिकका ट्राभल एडभाइजरी जारी गरेको छ ।
आइतबार राजधानी काठमाडौँमा भएको बम विष्फोटबाट चार जनाको मृत्यु भएपछि डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेडका तर्फबाट जारी गरिएको एडभाइजरीमा आफ्ना नागरिकलाई नेपालमा उच्च सतर्कता अपनाउन भनिएको छ ।
सन् २००६ अगाडि तत्कालीन माओवादी गुरिल्लाकै शैलीमा पुनः विष्फोटहरु भएको उल्लेख गर्दै योजना बनाइएका भ्रमण स्थगित गर्न नपर्ने भन्दै विशेष सतर्क रहन सुझाव दिइएको छ ।
काठमाडौंमा भएको विस्फोटमा प्रेसर कुकर बम भएको नेपाली अधिकारीहरुले जनाएको उल्लेख गर्दै ध्यान दिन आग्रह गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्