काठमाडौँ, १५ जेठ । आज देशभर विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ ।
संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।
दिवसको अवसरमा आज गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दैछ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा जलपान समारोहको आयोजना गर्नुहुने छ । गणतन्त्र दिवसको अवसमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार, नेकपा, कांग्रेस, राजपा, समाजवादी पार्टी नेपाल लगायतका दलहरुले विभिन्न कार्यक्र गरी गणतन्त्र दिवशलाई भव्य रुपमा मनाउने तयारी गरिरहेका छन् ।
गणतन्त्र दिवसको अवसरमा बुधबार बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । सरकारले अघिल्ला वर्षहरुजस्तै यस वर्ष पनि काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह आयोजना गरेको छ । टुँडिखेलमा बिहान ८ बजे आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहने छ ।
यसैगरी बुधबार साँझ ६ बजे राष्ट्रपतिबाट गणतन्त्र स्मारक उदघाटन कार्यक्रम पनि छ । गणतन्त्र स्मारक नारायणहिटी दरबार परिसरमा निर्माण गरिएको छ । गणतन्त्र दिवसका अवसरमा पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई राष्ट्रपतिले शितल निवासमा पदकसहित सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
विसं २०१५ मा संसदीय निर्वाचन भई प्रथम जननिर्वाचित सरकार गठन भएपनि त्यसले १८ महिनाभन्दा बढी काम गर्न पाएन । राजा महेन्द्रले विसं २०१७ पुस १ गते प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई शाही नेपाली सेनाको शक्तिका भरमा नजरबन्द गरी निर्दलीय पञ्चायती शासनको सूत्रपात गर्नुभएको थियो ।
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको ३० वर्ष लामो सङ्घर्षका समयमा संविधानसभाको मुद्वा ओझेलमा प¥यो । विसं २०४६ चैत २६ गते राति प्रजातन्त्र पुनःस्थापना भयो भने यसपछि विसं २०४८ मा संसदीय निर्वाचन भयो ।
तत्कालीन नेकपा ९माओवादी०ले विसं २०५२ फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र जनयुद्धका क्रममा संविधानसभाको मागलाई मुख्यरुपमा उठायो । काँग्रेसभित्र पनि संविधानसभा पार्टीकै पुरानो मुद्दा भएकाले द्वन्द्वको निकासका लागि सहमत हुनुपर्ने दबाब बढ्दै गयो । राजा ज्ञानेन्द्रले विसं २०६१ माघ १९ गते चाल्नुभएको शाही कदमका कारण संसद्वादी दल र माओवादीकाबीच कार्यगत एकता भयो ।
फलस्वरुप विसं २०६२ मङ्सिरमा संसद्वादी दल र माओवादीकाबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्रका लागि आन्दोलन सुरु भयो । आन्दोलनको मूल मुद्दा विसं २०५९ जेठ ८ गते विघटन गरिएको संसद् पुनःस्थापना हुनुपर्ने माग थियो । पुनःस्थापित संसद्बाटै संविधानसभा एवम् गणतन्त्रसम्मको यात्रा तय गर्न संसद्वादी दल र माओवादीबीच भित्री सहमति भएको थियो ।
कार्यवाहक राष्ट्राध्यक्ष र देशको कार्यकारी प्रमुखका रुपमा कोइरालाले विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गर्नुभयो । निर्वाचित संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो ।










प्रतिक्रिया दिनुहोस्