सम्पादकीय

छानबिन गर्न छाेडेर विवादितलाई नै मुख्य न्यायाधीशमा सिफारिस



न्यायपरिषदले मंगलबार उच्च अदालतमा कार्यरत दुई न्यायाधीशलाई मुख्य न्यायाधीश सिफारिस गरेको छ । परिषदले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत कुमारप्रसाद पोखरेललाइर्ए उच्च अदालत दिपायल र उच्च अदालत पाटनका न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत सुर्खेतको मुख्य न्ययाधीश सिफारिस गरेको हो ।

कुमार विभिन्न आदेश र फैसलाका क्रममा विवादमा परेका न्यायाधीश हुन्। उनीमाथि गत महिना सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले जाँचबुझ गरी प्रतिवेदन दिएका थिए ।

प्रतिवेदन सार्वजनिक नै नगरी उनको बढुवा गरिएको हो । स्रोतले भन्यो, ‘सत्तापक्षका एक उच्च पदस्थ अधिकारी र न्यायाधीश पोखरेलका परिवारका सहपाठी हुनुहुँदो रहेछ। त्यही सम्बन्ध बढुवाका लागि सहज भयो । पाँच वर्षअघि नै न्यायाधीश कुमारप्रसाद पोखरेल सम्मिलित इजलासले एक विवादित फैसला गरेको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।