राजनीति

लोकसेवाले देशैभरबाट ९ हजार कर्मचारीको विज्ञापन खुलायो



काठमाडौँ, १५ जेठ । लोकसेवा आयोगले करिव ९ हजार कर्मचारीका लागि विज्ञापन खुलाएको छ ।

आयोगले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले करिव ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन खुलाएको हो ।

सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् ।