Banner News

जनताको अनुहार मलिन हुन दिँदैनौं : प्रधानमन्त्री ओली



काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै जनताको अनुहार मलिन हुन नदिने संकल्प सरकारले लिएको  बताएका छन् ।

आज गणतन्त्र दिवसको अवसरमा जारी  शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा हो । जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।’

यो संकल्पलाई सार्थक पार्न सबै पेशा, व्यवसायीहरुको साथ रहने विश्वास पनि ओलीले व्यक्त गरेका छन् । ‘सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन्’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छा शक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’