काठमाडौं, ३० फागुन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले मेची–महाकाली राष्ट्रिय अभियानको दशौं दिन कपिलबस्तुको जीतपुरमा भइरहेको बिशाल सभालाई संवोधन गर्दै राष्ट्रियताबिरोधीलाई एमालेले असफल पार्ने बताए । महासचिवले
‘हाम्रो देशमा एक जाती र अर्को जातीको बिचमा, एक भाषा बोल्ने र अर्को भाषा बोल्ने जनताका बिचमा, एक धर्म मान्ने र अर्को धर्म मान्ने जनताका बिचमा , तराई र पहाडमा बिचमा सद्भाव कमजोर पार्ने षड्यन्त्र भइरहेको छ’ उनले भने,‘एमाले सद्भाव खलबल्याएर राष्ट्रिय स्वाधिनता कमजोर पार्ने यस्ता तत्वहरुलाई सफल हुन नदिने वताए । कार्यक्रममा पार्टी सचिव गोकर्ण विष्टले विदेशीको इसारामा संविधान संम्शोधनको प्रस्वाव आएको वताउँदै कुनै पनि हालतमा सफल हुन नदिने वताए ।
एमाले केन्द्रीय सदस्य तथा सांसद लालबाबु यादवले संविधान संसोधनको प्रस्ताव मधेश र मधेशी जनताको हितको पक्षमा नरहेको बताएका छन् ।
उनले यादबले मधेश र पहाडलाई अलगथलग गर्ने उदेश्यले संसोधन प्रस्ताव ल्याइएको वताए । उनले
तपाईहरुलाई म सोध्न चाहान्छु मधेश र पहाड सँगसँगै मिलेर बस्ने की छुट्टयाएर जाने हो’ उनले भने ‘हामी मिलेर बस्न चाहान्छौं, बिभाजित भएर होइन ।’ बिदेशीको इसारामा नेपालमा कुनै निर्णय हुन नसक्ने पनि यादबले बताए ।
प्रतिक्रिया दिनुहोस्