समाचार

सात महिनाकी छोरी हत्या गरेको आरोपमा आमा पक्राउ



सल्यान, १५ जेठ । सल्यानमा एक महिलाले सात महीनाकी छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी छन् ।

इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुक छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् ।

बालिकाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । हत्या आरोपी आमालाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।