राजनीति

भक्तपुरमा आधुनिक वीर अस्पताल निर्माण हुने निश्चित



काठमाडौँ, १५ जेठ । आर्थिक वर्ष २०७६/०७७ सालको आर्थिक बजेटमा भक्तपुरको चाँगुनारायण नगरपालिकामा निर्माणको प्रकृयामा रहेको आधुनीक वीर अस्पतालको भवन निर्माण हुने निश्चित भएको छ ।

आजको संघिय संसदको प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त रुपमा भएको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा डिपिआर गर्न ४० लाख बजेट विनियोजन गरेको बताउनुभएको छ ।

आगामी आवमा ७० जिल्ला पूर्ण शिक्षा, चिनै आफ्नै देश, चिनौं आफ्नै माटो अभियान, ८३ हजार युवालाई सिपमूलक तालिम प्रदान गरिने, सवै स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने लगायतका व्यवस्था मिलाइने भएको छ ।