काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७६/०७७ सालको आर्थिक बजेटमा वृद्धभत्ता बढाएको छ ।
आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्याएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो । १३ लाख १० हजार वृद्धहरुका लागि यस वर्ष सरकारले ३ अर्ब ९३ कराेड रुपैयाँ सामाजिक सुरक्षाभत्ता विनियाेजन गरेकाे छ ।
चाँगुनारायण नगरपालिकामा निर्माणको प्रकृयामा रहेको आधुनीक वीर अस्पतालको भवन निर्माण हुने निश्चित भएको छ । आजको संघिय संसदको प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त रुपमा भएको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा डिपिआर गर्न ४० लाख बजेट विनियोजन गरेको बताउनुभएको छ ।
आगामी आवमा ७० जिल्ला पूर्ण शिक्षा, चिनै आफ्नै देश, चिनौं आफ्नै माटो अभियान, ८३ हजार युवालाई सिपमूलक तालिम प्रदान गरिने, सवै स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने लगायतका व्यवस्था मिलाइने भएको छ ।










प्रतिक्रिया दिनुहोस्