राजनीति

अतिक्रमणमा परेको सबै सरकारी जग्गा आउँदो वर्षभित्रै फिर्ता गर्ने



काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी जमिन फिर्ता लिने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बुधबार संसदमा पेस गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा यो कुरा उल्लेख गरको छ ।

सरकारले भूमिको दिगो उपयोग गर्न भूमि ऐन बनाउने भएको छ । आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी जमिन फिर्ता लिने बजेटमा उल्लेख छ । यस्तै २ वर्षभित्र कृषि जमिनपूर्जा विद्युतीय बनाउने बजेटमा उल्लेख छ । जग्गा कारोबारको सबै विवरण अनलाइनमा आधारित बनाउने सरकारी योजना रहेको छ ।

सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।