काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन तथा बधाई दिन प्रधानमन्त्री ओली नयाँदिल्ली प्रस्थान गर्न लाग्नुभएको हो ।
दोस्रो पटक चुनाव जितेका मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रममा सहभागी हुनेछन् । मोदीले यसपटक बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्ता गर्नु भएको हो ।
भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओली, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति विन मिन्ट, भुटानी प्रधानमन्त्री लोटे छिरिङ सहभागी हुनेछन्। शपथ ग्रहण कार्यक्रमपछि मोदीले बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारीलाई सँगै राखेर एवं आमन्त्रित सरकार एवम् राष्ट्र प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीसँग भेटका क्रममा सार्कको विषय एवं नेपालको पछिल्लो राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धलगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फिर्ता हुनुहुने कार्यसूचि रहेको छ ।
पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाललगायत अन्य सहयोगीसँग प्रधानमन्त्री ओली भारत जाने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्