राजनीति

प्रधानमन्त्री ओली दिल्ली प्रस्थान



काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ कार्यक्रममा सहभागी हुन दिल्ली प्रस्थान गरेका छन ।

बिहीबार शीतलनिवासस्थित राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री ओली साँझ नयाँदिल्लीमा हुने सथपग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधिमण्डलसहित ओली त्यसतर्फ प्रस्थान गरेका हुन ।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्ली प्रस्थान गरेका छन ।