नयाँदिल्ली १६ जेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली दिल्ली पुगेका छन ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट पुगेका प्रधानमन्त्री ओलीलाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा भारतीय विदेश मन्त्रालयका सचिव ९पश्चिम० ए गितेश शर्माले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयमा आज साँझ करिब सात बजे हुने मोदी र मन्त्रिमण्डलको शपथ ग्रहण कार्यक्रममा सरिक हुनेछन । कार्यक्रममा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक)का सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखसँगै मोरिससका प्रधानमन्त्री र किर्गिस्तानका राष्ट्रपति लगायत विशिष्ट पाहुनाहरुको उपस्थिति रहनेछ ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शिष्टाचार भेटवार्ता भने शुक्रबार बिहानको लागि तय भएको छ ।










प्रतिक्रिया दिनुहोस्