काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले पेट्रोलियम पदार्थको प्रति लिटर एक रुपैयाँ उपभोत्ताले तिर्न आग्रह गर्दै उक्त रकमले सडकमा हुने खाल्डाखुल्डीलाई पुर्दै दुर्घटना न्युनिकरण तथा सवारी साधनलाई यात्राको क्रममा सहजता प्रदान गर्न उक्त रकम प्रयोग गर्ने बताउनुभएको छ ।
बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले लोकप्रियवादी बजेट ल्याएको बताउँदै अर्थमन्त्री खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सरकारले सामाजिक सुरक्षा भत्ता, तलब बृद्धि गर्नुका साथै सांसदलाई ६ करोड दिने लगायतका वितरणमुखी कार्यक्रम समावेश गरेको दावी गर्नुभयो ।
बजेटमा सडक सुधारका लागि डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ सडक सुधार कर लगाएको छ । सडक सुधारका लागि यो कर लागिएको भन्दै खतिवडाले भन्नुभयो, ‘तपाईंहरु एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं ।’
अर्थमन्त्री खतिवडाले जनताले दिएको मतलाई सम्मान गर्दै जनताको चाहना अनुसार कै विकास र समृद्धिको पक्षमा बजेट ल्याएको बताउनुभयो । उहाँले जनताको तिव्र विकासको चाहनालाई पुरा गर्नु वर्तमान सरकारको दायित्व भएको बताउँदै भन्नुभयो, ‘जनताको तिव्र विकासको चाहनालाई लामो समयसम्म पर्खाउनु हुँदैन । धेरै पखाई राखेर धर्यको बाँध टुटाउन हुन्न ।’
अर्थमन्त्री खतिवडाले बजेटमा ‘स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम’ रकम ४ करोडबाट बढाएर ६ करोड पुर्याउनु आवश्यकता रहेको बताउँदै जनप्रतिनिधिलाई विकासबाट विमुख गराउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विकास गर्छौं, त्यो विकास गर्छौं भनेर चुनाव लड्नुभयो । उहाँहरुको जाजय कुरा नसुनेर जाने प्रजातान्त्रिक विधि हुँदैन, जनप्रतिनिधि नै संलग्न नभएको विकास कस्तो होला ?










प्रतिक्रिया दिनुहोस्