समाचार

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु



सप्तरी, १७ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बिहीबार साँढेको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नं. ७ बस्ने ३ वर्षीया गुन्जा कुमारी मण्डल आफ्नै घरमा खेलिरहेको अवस्थामा छाडा साँढेले आक्रमण गर्दा मृत्यु भएको छ । आक्रमणमा परि घाइते उनलाई उपचारको लागि राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल पठाइएको र उपचारकै क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको कन्चनरुप नगरपालिकामा सर्पको टोकाइबाट बिहीवार वडा नं. ११ बस्ने जोगिन्दर रामको ७ वर्षीय छोरा भुवनेश्वर रामको मृत्यु भएको छ । सर्पले टोकेर सिकिस्त भएका रामको उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।