समाचार

हसियाले घाँटी रेटी एक महिलाको हत्या



बझाङ, १७ जेठ । सुर्मा गाँउपालिका –४ सुर्मागाउँमा एक महिलाको हसियाले घाँटी रेटी हत्या भएको छ ।

लछिचन्द पुजाराकी श्रीमती २५ वर्षीय जुना पुजाराको हसियाले घाँटी रेटी हत्या भएकोे बझाङ जिल्ला प्रहरी कार्यालयले जनाएका छ । पुजाराको हत्या घरायसी विवादका कारण अत्याधिक रक्सी सेवन गरी उनकै छिमेकी लोकेन्द्र पुजाराले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हत्या गर्ने पुजारालाई प्रहरीले पक्राउ गरेको छ ।