काठमाडौँ, १७ जेठ । आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइएको छ । नेपालमा भने बर्सेनि सुर्तीजन्य पदार्थकै कारण २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ ।
धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर पछिल्लो तथ्याङकले कलेजोमा पनि असर पर्ने देखाएको छ । गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्