राजनीति

चर्चित व्यवसायी राणाको निधन



काठमाडौँ, १७ जेठ । चर्चित उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ ।

सोल्टी होटलमा संस्थापक अध्यक्ष साथै  नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर समेत रहेका उनको नशा सम्बन्धी रोगको उपचारको क्रममा अमेरिकामा निधन भएको हो ।

राणाका एक मात्र छोरा सिद्धार्थले अहिले उनले थालेका व्यवसायहरु हेर्छन् । सोल्टी होटलसहित सिप्रदी ट्रेडिङ सूर्य नेपाल, अमरावती, भोटेकोशी लगायतका कम्पनीको स्थापनामा राणाको मुख्य भूमिका थियो । उनी पूर्वा राजा ज्ञानेन्द्रमा व्यवसायिक साझेदार मित्र पनि हुन् । उनले जीवनकालमा विभिन्न सम्मान र पुरस्कारहरु पाएका थिए ।