वीरगञ्ज, १७ जेठ । पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्ड अन्तर्गत १३ किलो जंगल नजिकै यात्रुबाहक रात्रि बसमा लुटपाट भएको छ ।
शुक्रबार बिहान ३ बजेतिर जलेश्वरबाट काठमाडौं गइरहेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा जीप र मोटरसाइकलमा आएको ६/७ जनाको समुहले सडक अवरोध गरी चालकलाई कुटपिट गर्नुका साथै कन्टेक्टरसँग रहेको ४५ हजार नगद र मोबाईल एक थान लुटेर लगेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
बसका यात्रुले प्रतिकार गर्न थालेपछि लुटेरा समूह भागेको र लुटपाटमा संलग्न सिन्धुलीको मरिङ गाउँपालिका घर भई हाल निजगढ नगरपालिका वडा नम्बर ८ बस्दै आएका २६ वर्षीय संघर्ष थिंगलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य जारी राखेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्