Banner News

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



काठमाडौँ, १७ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो हैदरावाद हाउसमा मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओली र मोदीबीच  भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई रुद्राक्ष उपहार दिएका छन् । भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।