मनोरञ्जन

फ्राइडे रिलिज अन्तर्गत आज हलमा कप्ससगै २ फिल्म प्रदर्शनमा



काठमाडौँ, १७ जेठ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका हलमा  तीन नयाँ नेपाली फिल्म ‘काउसो’, ‘कप्स’ र ‘कुम्भ करण’ प्रदर्शन भइरहेको छ  ।

‘कप्स’ : सम्राट सापकोटाद्वारा निर्देशित चलचित्र ‘कप्स’ मा अनुप विक्रम शाही, सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।

आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई राम शाक्यले निर्माण गरेका हुन् ।

‘काउसो’ : मदन घिमिरेद्वारा निर्देशनमा रहेको फिल्म ‘काउसो’मा सविन श्रेष्ठ, अनु पराजुली, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नवीन आचार्य, सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनिका बास्तोला, उग्रसेन ढुङ्गानालगायतको अभिनय रहेको छ ।

अर्नभ फिल्मस् प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्नभ बस्नेत प्रस्तुतकर्ता तथा निर्मातामा राजेन्द्र बस्नेत, सीताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन् ।

‘कुम्भ करण’ : दीपक वलीले निर्देशन गरेको फिल्म ‘कुम्भ करण’मा निशा अधिकारी, गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, प्रतिभा छेत्री, सुधव थापालगायतको अभिनय रहेको छ ।

आकाश पल इन्टर्टेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म चित्रबहादुर घर्ती मगर र क्षितिज बस्नेतको निर्माणमा बनेको हो ।