शैक्षिक

‘पिच सडक’ हेर्नलाई राजमार्गमा आउनुनपर्ने



झापा ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ७ मा तीन ठूला योजनाको शिलान्यास गरे।
अध्यक्षले झण्डै रु साठी करोडभन्दा माथिका ती तीन योजनाको शिलान्यास गरे ।

अध्यक्ष ओलीले दमक–१७ को बेतिनी–मावा–आम्बारी पुल, दमक–१९ को सेतुमारी–कोहबरा जोड्ने रतुवा खोलाको पुल र लखनपुरको मङ्गलबारे–धरमपुर–शिवगञ्ज सडकको स्तरोन्नतिको शिलान्यास गरेका हुन् ।

सो अवसरमा अध्यक्ष ओलीले विकास निर्माण कसैको एकलौटी नहुने बताए । विकासको गतिलाई अब कसैले पनि रोक्न सक्दैन भन्दै उनले ‘पिच सडक’ हेर्नलाई राजमार्गमा आउनुपर्ने अवस्थाको अन्त्य हुन्छ भने ।
दमक–१९ मा रतुवा खोलाको पुल करिब रु ३३ करोड, दमक–१७ मा मावा खोलाको पुल निर्माणमा रु २३ करोड र सडक स्तरोन्नतिका लागि रु सात करोड बजेट छुट्याइएको छ ।