राजनीति

उपराष्ट्रपति पुन आज स्वदेश फर्किँदै



काठमाडौँ, १८ जेठ । अष्ट्रिया भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भ्रमण सकेर आज शनिबार स्वदेश फर्कने भएका छन ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए ।

उपराष्ट्रपति पुनले अष्ट्रियामा रहँदा जेठ १३ गते अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग दुई पक्षीय भेट वार्ता समेत गरेका छन ।