विराटनगर, १८ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई हिंसा र अपराधमुक्त बनाउने कार्यमा सरकार अघि बढिरहेको बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आज आयोजित ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लब ९एसटिसी० सञ्चालनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण समापनका कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले शुरु गरेको सुसंस्कृत, स्वच्छ, नैतिकवान र लागुऔषध दुव्र्यसनमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेकामा जोड दिँदै यसले प्रदेशमा विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले नयाँ अभियानका रुपमा सञ्चालन गरेको युवायुवतीलाई लागुऔषध दुव्र्यवसनीबाट मुक्त गरी समाजप्रति जिम्मेवारीबोध गराई सामाजिक कार्यमा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले प्रदेशको आगामी नीति कार्यक्रम र बजेटमा कृषि, पर्यटन पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो ।
सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले युवा पुस्तालाई सामाजिक हिंसा, लागुपदार्थ दुव्र्यसनी नियन्त्रण, विपद् व्यवस्थापनमा लगाउन यस अभियान केन्द्रीत रहने र यसबाट समाजमा दीर्घकालीन सोचको विकास हुने धारणा राख्नुभयो ।










प्रतिक्रिया दिनुहोस्