काठमाडौँ, १८ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष नै यथावत रहने घोषणा गर्नुभएको छ ।
प्राध्यापक डा. आरके शाहद्वारा लिखित पब्लिक इकोनोमिक पुस्तक लोर्कापण कार्यक्रममा बोल्दै नेता नेपालले देशलाई समृद्धीतर्फ उन्मुख गराउनको लागि पनि केपी ओली नेतृत्वको सरकार पाँच वर्षसम्म केपी ओलीको कुनै विकल्प नभएको बताउनुभयो । नेता नेपालले सरकारलाई खल्बलाउने काम कँही कतैबाट हुन नहुने अडान पनि राख्नुभयो । उहाँले भन्नुभयो, ‘कोही भ्रममा नपर्दा हुन्छ, केपी ओली नेतृत्वको सरकार पाँच बर्ष चल्छ, पाँच बर्षसम्म ओली नेतृत्वकै सरकार रहन्छ ।’
केहीदिन अघि एक टेलिभिजन कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सरकारको नेतृत्व फेरिने बताएपछि राजनीतिक वृत्तमा सरकार परिवर्तनको चर्चा चलिरहेको छ । पूर्वएमालेभित्रकै केही नेताहरु प्रचण्डको सो भनाईलाई आधार बनाएर अध्यक्ष ओलीमाथि निसाना लगाइरहेका छन । नेता नेपालले त्यस्तो प्रबृत्ति घातक रहेको संकेत पनि गर्नुभयो ।
धेरै लामो समयपछि पार्टी एकताले पूर्णता पाएको स्मरण गर्दै नेता नेपालले अहिलको अवस्थामा पार्टीमा फुट ल्याउने विषयहरु उठाउन नहुने बताउनु भयो










प्रतिक्रिया दिनुहोस्