विराटनगर, १८ जेठ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकीरणको बेला भएका समझदारी इमान्दारी साथ कार्यान्वयन हुने बताएका छन ।
आज विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ’पार्टी एकताका बेला भएका सहमतिलाई स्मरण गरेको छु । प्रचार गर्नुपर्ने विषय बोलेको छैन् । केहीले प्रचार गर्ने, हल्ला गर्ने विषय बोलेको छैन् । मेरो कुरा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले राम्रोसंग बुझ्नु भएको छ ।’
अध्यक्ष प्रचण्डले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै जना अध्यक्ष लागिरहेको बेला नेता, कार्यकर्ता, शुभेच्छुक र जनतालाई अनावश्यक रुपमा विभाजित नहुन अनुरोध समेत गरेका छन ।
अध्यक्ष प्रचण्डले जेठ २० गते बस्ने सचिवालयको बैठकले पार्टी एकिकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने बताएका छन ।










प्रतिक्रिया दिनुहोस्