काठमाडौँ, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य पदम राईसहितका नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् ।
राईसहितका नेता कार्यकर्तालाई आइतबार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित हुनुहुन्थ्यो । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उहाँ भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । राई विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत रहनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्