काठमाडौँ, १९ जेठ । दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । २०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चलेपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायतको हत्या भएको थियो ।
त्यसबेला सरकारले बनाएको छानिबन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि जनता भने आजसम्म पनि विश्वस्त हुन सकेका छैनन् । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने विवरण सार्वजनिक हुन सकेको छैन ।
नेपाली इतिहासमा त्यस्ता थुप्रै हत्याकाण्ड भए जुन किताबका पानामा लेखिन्छन् । तर कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै हो । घटना तत्कालीन युवराज दीपेन्द्रले गराएको भन्ने प्रतिवेदन निकालियो । तर त्यो प्रतिवेदनलाई अहिलेसम्म नेपाली जनता मान्न तयार छैनन् ।
तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा उच्चस्तरीय छानविन समिति गठन भएको थियो । त्यो समितिले दीपेन्द्रलाई नै दोषी देखायो । परिस्थिति यस्तो थियो कि तत्कालीन सभामुख तारानाथ रानाभाटले दोहोरो कुरासमेत गरेका थिएनन् । समितिले दरबार निकटका कसैसंग पनि प्रतिप्रश्न गर्न पाएका थिएनन् ।










प्रतिक्रिया दिनुहोस्