काठमाडौँ, २० जेठ । सर्वोच्च अदालत वार एशोसिएशनले सर्वोच्च अदालतमा हालै नियुक्त हुनुभएका पांचै जना माननीय न्यायाधीशहरूलाई आइतवार एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना प्रदान गरेको छ ।
कार्यक्रममा उपस्थित हुनुभएका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, शुषमालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल तथा डा। मनोजकुमार शर्मासमेतले कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना प्रदान गरेकोमा सर्वोच्च अदालत वार एशोसिएशनलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नवनियुक्त न्यायाधीशहरूले आफुहरूको काम र व्यवहारबाट सर्वोच्च अदालतको प्रतिष्ठा बृद्धिमा आफुलाई समाहित गरि न्यायालयको नुर कुनै हालतमा गिर्न नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सर्वोच्च अदालत वार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता राजु खडकाले मानिसले स्कुल र कलेजमा मात्र होइन जिवनका हरेक पाइलाहरूमा आफुलाई सहि सावित गर्न परीक्षा दिइरहनुपर्ने भएकोले नवनियुक्त न्यायाधीशज्युहरूले न्याय प्रदान गर्ने परिक्षामा अव्वल हुने सफलता मिलोस भन्ने शुभकामना दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्